
अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

हेटौंडा उपमहानगरपालिका-४ कमलडाडाँ डेरा गरी बस्ने कुलदीप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । सोही उपमहानगरपालिका-९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्य लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त ठाउँमा अनलाइन जुवा खेलाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्न प्रयोग भएका बिभिन्न कम्पनीका १ सय ८ थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ सहित पक्राउ गरेको हो ।
हाल फरार कुलदीप पाठकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ