कुकुरको जन्मदिनमा काटियो सय केजीको केक, बोलाइयो ४ हजार पाहुना
कुकुर मानिसको सबैभन्दा भरपर्दो साथी हो भनेर धेरैले भन्ने गर्छन् । कुकुरले आफ्ना मालिकप्रति देखाउने व्यवहारले पनि धेरैलाई भावुकसमेत बनाउने गर्छ । कुकुरलाई मानिसको सबैभन्दा पुरानो साथीसमेत भन्ने गरिन्छ । आफ्नो यो प्रिय साथीलाई खुसी बनाउन मानिसहरुले विभिन्न क्रियाकलापसमेत गर्ने गर्छन् । यस्तै, भारतका एक व्यक्तिले आफ्नो कुकुरलाई खुसी बनाउन निकै रोचक तरिका अपनाएका छन् ।
भारतको कर्नाटकका एक व्यक्तिले आफ्नो कुकुर कृषप्रति देखाएको व्यवहारको धेरैले निकै प्रशंसा गरिरहेका छन् ।
शिभप्पा यलप्पा मराडीलेले आफ्नो कुकुरको जन्मदिन ‘ग्रान्ड सेलिब्रेसन’ सहित गरेका छन् । उनले यो दिनलाई यति विशेष बनाउन चाहन्थे कि सय किलो केकसमेत ल्याए । जन्मदिन मनाएको भिडियो सोसल मिडियामा चर्चाको विषयसमेत बनेको छ ।
Dog Birthday Celebration :ಸಾಕು ನಾಯಿ ಹುಟ್ಟುಹಬ್ಬಕ್ಕೆ 100 ಕೆ.ಜಿ ಕೇಕ್! ||Karnataka Tak||#dogbirthday #doglover #belagamnews pic.twitter.com/csbjx2NDeo
— Karnataka Tak (@karnataka_tak) June 23, 2022
उक्त भिडियोमा एउटा टेबलमा ठूलो केक राखिएको देखिएको छ । शिभप्पाले आफ्नो कुकुरसहित सय केजी केक काटिरहेको पनि देखिन्छ । कृष मानिसको भीडको बीचमा आफ्नो केक अगाडि बसिरहेको देखिएका छन् । यतिबेला उनले ‘पर्पल बर्थडे क्याप’ समेत लगाएका थिए ।
एएनआईका अनुसार उक्त कार्यक्रममा लगभग चार हजार पाहुनालाई आमन्त्रण गरिएको थियो । जन्मदिन मनाइरहेको उक्त भिडियो जुन २३ तारिखमा ट्वीटरमा प्रकाशित भएको छ । यसमा धेरैले प्रतिक्रिया दिएका छन् । एकजनाले लेखेका छन्, ‘हाहाहा, कृष निकै भाग्यमानी ।’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘सुपरक्युट’ । यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘धेरै राम्रो, जनावरलाई इज्जत गर्नुहोस् । उनीहरु पनि जीवित प्राणी हुन् त्यसैले उनीहरुमा पनि भावना हुन्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी