शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वामदेवको पार्टीमा खुलेकी तुलसाले भनिन्, 'केपी कमरेडले कारबाही गरे भोग्न तयार छु'

मङ्गलबार, १४ असार २०७९, १३ : ०२
मङ्गलबार, १४ असार २०७९

नेकपा एमालेबाट सांसद भएकी तुलसा थापा नेकपा एकता राष्ट्रिय अभियानमा खुलेकी छन् । थापा मंगलबार घोषणा हुन लागेको गौतम नेतृत्वको पार्टीको केन्द्रीय सदस्यमा समेटिएकी हुन् । 

 एमालेबाट समानुपातिक सांसद रहेकी उनी आफ्ना श्रीमानको नेतृत्वमा रहेका  पार्टीमा खुलेसँगै सांसद पद धरापमा पर्ने देखिएको छ । यहीबीचमा रातोपाटीसँग कुरा गर्दै थापाले आफू तत्कालीन नेकपालाई एक बनाउन लाग्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरे भोग्न तयार भएको प्रतिक्रिया दिइन् । 

‘यो नेकपा एकता राष्ट्रिय अभियान हो ।  तत्कालिन नेकपालाई एकता गराउने अभियान हो । पार्टी एकता गर्ने भनेर लागेको अभियान हो, यसमा लाग्दा केपी कमरेडबाट कारवाही भए भोग्न तयार छु’ रातोपाटीसँग कुरा गर्दै थापाले भनिन्, ‘हामीले पार्टी फुटाउनलाई होइन कसैलाई गाली गर्नलाई होइन । तत्कालिन नेकपामा भएका सबै नेताहरु मिलेर जानुपर‍्यो भनेर आह्वान गर्ने हो ।’

 तीन महिनाभित्र तत्कालिन नेकपालाई जोड्ने उद्देश्यका साथ आफूहरु अघि बढ्न लागेको उनको भनाइ छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप