बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिरियामा अमेरिकी कारबाहीमा अल कायदा आबद्ध समूहका शीर्ष नेता मारिए

मङ्गलबार, १४ असार २०७९, १३ : १०
मङ्गलबार, १४ असार २०७९

अमेरिकी सेनाले सिरियाको इडलिब प्रान्तमा गरेको कारबाहीमा चरमपन्थी समूह अल कायदामा आबद्ध समूहका शीर्ष नेता मारिएको जनाएको छ । सोमबार गरेको कारबाहीमा हुरास अल दिका शीर्ष नेता अबु हमजाह अल येमेनी एक्लै मोटरसाइकलमा यात्रा गरिरहेको बेला मारिएको सेनाको भनाई छ ।

कारबाहीमा सर्वसाधारणलाई क्षति नपुगेको सेनाको दाबी छ । यता सिरिया सिभिल डिफेन्स नामक मानवअधिकारवादी संस्थाले ट्वीट गर्दै मोटरसाइकलमा यात्रा गरिरहेका एक पुरुषको रकेट प्रहारबाट मृत्यु भएको जानकारी दिएको छ । शवलाई फोरेन्सिक डिपार्टमेन्टलाई बुझाइएको संस्थाले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप