बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रामकुमारीले एक सातापछि मात्रै मन्त्री निवास छाड्ने, मेटमणिको डेरामा पार्किङ भएन

मङ्गलबार, १४ असार २०७९, १३ : ३४
मङ्गलबार, १४ असार २०७९

सहरी विकासमन्त्रीको जिम्मेवारीबाट बिदा भएकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एक सातापछि मात्रै मन्त्री निवास छाड्ने भएकी छिन् । सामान्यतया: मन्त्री पद गएपछि लगत्तै निवास छाड्ने प्रचलन रहेपनि झाँक्रीले भने हप्ता दिनपछि मात्रै मन्त्री निवास छोडेर आफ्नो घर बानेश्वर जाने भएकी हुन् ।

 एकीकृत समाजवादीबाट राजीनामा दिएका अरु सबै मन्त्रीले मन्त्री निवास छोडेपनि झाँक्रीले नछोडेको भन्दै पार्टीभित्रै आलोचना भएको एक नेताले बताए । ‘पार्टीले राजीनामा माग्ने वित्तिकै झाँक्री लगायत सबै मन्त्रीले अटेर गर्नुभयो । कहिले बालुवाटार कहिले खुमलटार पुगेर मन्त्री पद जोगाइ दिनपर्‍यो भनेर गुहार माग्नुभयो’ ती नेताले भने, ‘अहिले सबै मन्त्रीले राजीनामा दिएर मन्त्री निवास छोडे। झाँक्री कमरेडलाई हप्ता दिन लाग्ने भयो । सरकारी गाडी पनि प्रयोग गरिराख्नु भएको छ ।’  रामकुमारीलाई निवास छाड्न ढिलाइ भएकोबारे बुझ्न रातोपाटीले सम्पर्क गर्दा माेबाइल अफ थियो । 

झाँक्रीले मन्त्रीबाट राजीनामा दिएपछि नयाँ मन्त्रीमा मेटमणि चौधरीले जिम्मेवारी सम्हालेका छन् । बुद्धनगर बस्दै आएका चौधरीको डेरामा  गाडी पार्किङको व्यवस्था नभएपछि मंगलबार राति मन्त्री निवास पुल्चोकमा पार्किङ गरेर पुन: डेरा फर्किएका थिए । चौधरी मन्त्री भएपनि डेरामा गाडी पार्किङको व्यवस्था नभएपछि समस्यामा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप