शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदीपको ‘प्रकाश’बाट रेणुको डेब्यु

मङ्गलबार, १४ असार २०७९, १३ : ५०
मङ्गलबार, १४ असार २०७९

थुप्रै नाटकमा अभिनय गरेकी कलाकार रेणुनाथ योगीले फिल्म अभिनय डेब्यु गरेकी छन् । उनले ‘प्रकाश’ बाट ठुलो पर्दामा डेब्यु गरेकी हुन् । फिल्ममा उनले पछिल्लो समयका हिट अभिनेता प्रदीप खड्कासँग स्क्रिन सेयर गरेकी छिन् ।
१० भदैबाट छायांकनमा आउने फिल्मको रेणुको क्यारेक्टर लुक्स रहेको पोष्टर सार्वजनिक गरिएको छ । जसमा प्रदीप पनि देखिएका छन् । उक्त पोष्टर शेयर गर्दै उनले प्रदीपको अभिनयको प्रशंसा गरेकी छन् । ‘प्रदीपले सुरुवातदेखि कथा, पात्र र चरित्रलाई लिएर देखाएको उत्साह, मेहनत अनि लगन देखेर म प्रभावित छु’ उनले सामाजिक संजालमा लेखेकी छन् ।

नाट्यकर्ममा लामो समय रहेपनि फिल्म ‘प्रकाश’ रेणुका लागि नौलो अवश्य थियो । उनले निर्देशक दिनेश राउत सहित अन्य सहकर्मीहरुको सहयोगले आफुलाई सजिलो भएको सुनाइन् । भनिन्, ‘आफ्ना लागि यो फिल्म ‘माइलस्टोन’  हुनेछ ।’

दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदीप र रेणुको अलवा दीया मास्के, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतको अभिनय छ । 
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्म बिकास सुवेदीले लेखेका हुन् । राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठले आरआर फिल्मस्बाट वितरण गर्दैछन् ।​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप