बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पैदल हिँडेका चिकित्सकमाथि ट्राफिक प्रहरीको आक्रमण

मङ्गलबार, १४ असार २०७९, १४ : ५०
मङ्गलबार, १४ असार २०७९

ललितपुरमा ट्राफिक प्रहरी जवानले चिकित्सकलाई कुटेका छन् । असार १३ मा राति आरोग्य स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. कुलबहादुर घिसिङ कुटिएका हुन् । 

सर्लाही बरहथवा नगरपालिका वडा नम्बर–१ घर  भएका चिकित्सकलाई ललितपुर महानगरपालिका–१३ कुसुन्तीमा ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटेका हुन् । पैदल हिँडिरहेका चिकित्सक आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्नुपर्ने माग सहित पीडितका दाइले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएका छन् । 

राति पौने ९ बजेतिर चेकिङमा रहेका जवानले ‘किन ढेसिएर हिँडेको ?’ भनेर डाक्टरलाई आक्रमण गरेका हुन् । कुटपिटमा संलग्न जवानलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । शाहले भने–‘विवाद पछि कुटपिट गरेको देखिन्छ, कानुन बमोजिम प्रक्रिया अघि बढाउँछौँ ।’  पीडित परिवारले घाउ परीक्षण गर्न पनि प्रहरीमा निवेदन दिएका छन् । चिकित्सकको अल्का अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप