
ज्योतिनगरबाट बगेको लेदोले बुटवलका सडक हिलाम्य, ठाउँठाउँमा बाढी

मंगलबारको वर्षाले रुपन्देहीका विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ । अविरल वर्षाले बुटवलको ज्योतिनगरमा ३/४ घरमा लेदो पसेको छ भने केही ठाउँमा ढल तथा सडक अवरुद्ध भएको छ ।
ज्योतिनगरबाट आएको भेलले राजमार्ग चौराहा–गोल पार्क ६ लेन सडक हिलाम्य भएको छ । बुटवलको गोल पार्क, लक्ष्मी नगर, ट्राफिक चोक, अस्पताल लाइन हुँदै नयाँ बसपार्कसम्म सडकमा ज्योतिनगरबाट बगेर आएको लेदो भेलले सवारी आवतजावतमा कठिनाइ भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं एसपी रवीन्द्र रेग्मीले सडकमा लेदो आएर सवारी साधन सञ्चालनमा केही समस्या भए पनि मानवीय क्षति नभएको बताए । उनका अनुसार जिल्लाका केही ठाउँमा साना पहिरो खसेको सूचना प्राप्त भएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ