
लगातार दोस्रो दिन घट्यो नेप्से, सीवाईसीको लगानीकर्ताले कमाए

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ११.८२ अंकको गिरावट आएको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक दोहोरो अंकले घटेर १९ सय २१ अंकमा आएर बन्द भएको हो ।
यसक्रममा नेप्सेमा ३० लाख कित्ता सेयर किनबेच भएर १ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, आज सेन्सेटिभ समूहमा ३.२२ अंकले घटेर ३७२ अंकमा आइपुगेको छ । यस्तै, फ्लोट सूचकमा ०.७५ अंकले घटेर १३२ अंकमा आइपुगेको छ ।
नेप्से परिसूचक घटेपनि आज जीवन बीमा समूह र बैंकिङ समूहमा भने सुधार आएको छ । जीवन बीमा समूह ९६ अंकले बढ्दा बैकिङ समूह ०.२९ अंकले बढेको छ । यसबाहेक, अन्य सबै समूहमा गिरावट आएको देखिएको छ ।
आज सबैभन्दा धेरै निर्जीवन बीमा समूहमा १०९ अंकले घटेको छ । यस्तै, उत्पादनमूलक समूहमा ४८ अंक घटेको छ भने विकास बैंक समूहमा ४३ अंकको गिरावट आउँदा जलविद्युत समूहमा ३६ अंकको गिरावट आएको छ । यससँगै, व्यापार, होटल एण्ड टुरिजम, जलविद्युत, वित्त समूह लगायत सबै समूहमा घटेका छन् ।
यसक्रममा आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८७१ रुपैयाँ पुगेको छ । यसक्रममा आज कम्पनीको सेयर प्रतिकित्ता ७९ रुपैयाँ पुगेको छ ।
यसअघि, आइतबार एकै दिन ९४ अंकले बढेको नेप्सेमा हिजो सोमबार २३ अंकको गिरावट आएको थियो । त्यसक्रममा नेप्सेमा झण्डै २ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यस्तै, गत साताको शुक्रबार पनि नेप्सेमा सुधार देखिएको थियो । लगातार दुई दिन बढेयता फेरी नेप्सेमा लगातार दुई दिनको गिरावट देखिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ