
उकालो लाग्दै कोरोना, थप ४४ जनामा सङ्क्रमण पुष्टि

नेपालमा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९८ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३८ तथा एन्टिजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँका १७ जना रहेका छन् भने ललितपुरका ६ जना रहेका छन् ।
यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । हाल देशभर २२९ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १ लाख ३६ हजार ९९६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९५२ जनाको मृत्यु भइसकेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ