शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वामदेवको पार्टीमा ८ जनाको सचिवालय रहने

मङ्गलबार, १४ असार २०७९, १५ : ४८
मङ्गलबार, १४ असार २०७९

वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीको सचिवालयमा ८ जना रहने घोषणा गरिएको छ।  मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गौतमले नयाँ पार्टीसहित सचिवालय गठनबारेको जानकारी दिएका हुन् । 

सचिवालयमा गौतमसहित डीबी कार्की, ओम शर्मा चालिसे डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । 

यस्तै पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहेको छ भने दैनिक पार्टी सञ्चालनका लागि स्थायी कमिटी निर्माण हुनेछ । जसमा १५ जना नबढ्नेगरी सदस्यहरु हुने गौतमले जानकारी दिए । पार्टी बहुपदीय प्रणालीमा जाने पनि जानकारी दिइयो ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप