
सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्ति खान किर्ते शैक्षिक प्रमाणपत्र

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदमा नियुक्तिका लागि शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कुसुन्ती निवासी ५३ वर्षीय माधवप्रसाद तिमल्सिना रहेका छन् । उनलाई मंगलबार ललितपुरकै थसीखेलबाट पक्राउ गरिएको हो ।
उनले जन्म मिति २०२६-१२-२६ , रजिष्ट्रेसन नं.१४९१५-८९ भएको पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको माधव प्रसाद तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र त्रि.वि.दर्ता नं. १४९१५-८९, पाटन बहुमुखी क्याम्पसको स्नातक तहको ट्रान्स्कृप्ट कीर्ते गरेको आरोप छ । उनले सो प्रमाणपत्र गत चैत ६ गते निवेदनका साथ बोर्डमा पेश गरेका थिए । तिमल्सिनालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको केन्द्रिय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ