शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वामदेवको उद्घोष : मैले उद्घाटन गर्ने बेलामा नेपाल चकित हुनेछ !

मङ्गलबार, १४ असार २०७९, १६ : २७
मङ्गलबार, १४ असार २०७९

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले नेतृत्व गरेको पार्टी आज शिलान्यास मात्रै भएको भन्दै उद्घाटन गर्ने बेलासम्ममा नेपाल नै चकित हुने जिकिर गरेका छन् । उनले कम्युनिस्टहरूलाई एक ढिक्का बनाइछाड्ने उद्घोष गरे । 

‘अब देख्दै जानुस् मैले जुन पार्टीको आज शिलान्याय गरेको छु, मैले उद्घाटन गर्ने बेलामा नेपाल चकित हुने अवस्था सिर्जना हुनेछ’, उनले भने, ‘लाखौँ व्यक्ति यो पार्टीमा गोलबन्द हुनेछन् । म जुन पार्टीमा जानेछु त्यो पार्टी त्यस्तै हुनेछ । विगतमा पनि त्यस्तै भयो । म जहाँ सामेल भएको छु इमान्दारीसाथ काम गरेको छु ।’

उनले ५ वटा पार्टी आफ्नो साथमा रहेको भन्दै अझै ५–७ वटा पार्टीहरू एकतामा आउने प्रक्रियामा रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप