बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

डिपिएलले मनायो एघारौं वार्षिक उत्सव

मङ्गलबार, १४ असार २०७९, २१ : २६
मङ्गलबार, १४ असार २०७९

डाईनामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपालको एघारौं वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । झापा दमक प्रधान कार्यालय रहेको डिपिएल नेपालको एघारौं वार्षिक उत्सवका अवसरमा मंगलबार बागमती प्रदेशको काठमाडौं, चितवनलगायतका जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो ।

 ‘पठन संस्कृतिको विकाससँगै सकारात्मक सोच सहितको सु-संस्कृत युवा नेतृत्व’ भन्ने मूल नाराका साथ , डिपिएलका विभिन्न शाखाले रिले पुस्तक वाचन, पुस्तकालयका लागि वार्षिक पुस्तक संकलनका लागी, रक्तदान कार्यक्रम आयोजना गरी मनाएको हो ।

डिपिएलले बागमती प्रदेशमा मात्र नभइ देशका विभिन्न जिल्लामा वार्षिक उत्सवको अवसरमा कार्यक्रम गरेको छ । डिपिएलले झापाको विर्तामोड, कन्काई, गौरादह, दमक, मोरङको विराटनगर, मकवानपुरको हेटौडा, चितवन, काठमाडौं, रुपन्देहीको बुटवल, गण्डकी प्रदेशको पोखरा, अर्घाखाँची लगायतका जिल्लाको बजार क्षेत्रमा सर्वसाधारणलाई समेट्दै  ‘ पठन संस्कृतिको विकास’ गर्नका लागि सो कार्यक्रम गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप