बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरमा कोभिडविरुद्धको खोप स्थगित

मङ्गलबार, १४ असार २०७९, २१ : ४६
मङ्गलबार, १४ असार २०७९

ललितपुर महानगरपालिकाले ५ देखि १२ वर्षमुनिका बालबालिकालाई दिइने कोभिड–१९ विरुद्धको खोप स्थगित भएको जनाएको छ । असार ९ गतेदेखि सुरु भएको खोप अभियान ५ दिनसम्म सञ्चालन भई अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको हो ।

 यसअघि सरकारले २७ वटा जिल्लाका ५ देखि  १२ वर्षमुनिका बालबालिकालाई असार ९ देखि १५ गतेसम्म खोप दिइने जनाएको थियो । तर, खोप सकिएका कारण विभिन्न जिल्लामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. संगिता कौसल मिश्राले ५ देखि १२ वर्षमुनिका बालबालिका कोरोनाविरुद्धको खोप लगाउन अनुमान गरेभन्दा बढी उत्साहजनक  सहभागी भएकाले तोकिएको अवधिभन्दा एक दिन अघि केही खोप स्थानमा सकिएको बताइन् । अहिले तोकिएका २७ जिल्लामा खोप लगाउन छुटेका बालबालिकाले केही दिनमै खोप पाउने डा. मिश्राले बताइन् ।

यता स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले २२ लाख ३ हजार मात्रा २७ जिल्लामा वितरण गरिएकाले हाललै भण्डारणमा स्टक नरहेको  बताए । अब ३ जुलाई अर्थात् असार १९ गते २२ लाख ६० हजार फाइजर पाइपुग्ने बताउँदै डा. चौसारसियाले खोप अभियान सञ्चालन भएका २७ जिल्लामा पठाइने बताए । उक्त खोप पहिलो मात्रा लगाउन छुटेका बालबालिकाले पाउने उनले बताए ।

२७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा खोप भने  २ श्रावणदेखि ८ सम्म  दिइनेछ ।  पहिलो चरणमा झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा, मधेस प्रदेशमा सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी जिल्लामा खोप लगाइनेछ भने काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप दिइनेछ भने गण्डकी प्रदेश कास्की, नवलपरासी पूर्व,सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप दिइएको छ । सबै बालबालिकालाई विद्यालयमै खोप दिइएको हो ।  दोस्रो चरणमा भने ५० वटा जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा लगाइने छ । यस्तै दोस्रो मात्रा भदाै २७  देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप