बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मदन भण्डारीको ७१ औँ  जन्मजयन्तीमा पुरस्कार वितरण

मङ्गलबार, १४ असार २०७९, २२ : ५७
मङ्गलबार, १४ असार २०७९

मदन भण्डारीको ७१ औँ  जन्मजयन्तीकाे अवसरमा धरानका कृष्ण राई र प्रेरणा माध्यमिक विद्यालय पुरस्कृत भएका छन् । समारोहमा पूर्व प्रधानमन्त्रीको प्रमुख अतिथि केपी शर्मा ओली र मदन भण्डारी फाउन्डेसनका अध्यक्ष उषा किरण भण्डारीले मंगलबार राजधानीको  सभागृहमा आयोजित कार्यक्रममा प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रममा  फाउन्डेसनका सदस्यहरूलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।

पुरस्कारबाट सम्मानित राईले  १७ जना व्यक्तिलाई स्थायी  रोजगारीको अवसर  सिर्जना गरेका छन् भने ५ जनालाई  अस्थायी रोजगारी दिँदै आएका छन् ।  उनले २०५५ सालदेखि कृषि पेशामा संलग्न रहेको बताए ।  उनले नयाँ  प्रविधिबाट अर्ग्यानिक खेती गर्दै आएको पनि बताए ।  

त्यस्तै प्रेरणा माध्यमिक विद्यालय ललितपुरका प्रधानाध्यापक प्रभा चालिसेले सात जनाबाट सुरु गरेको औपचारिक शिक्षा आज यहाँसम्म आउँदा निकै खुसी भएको बताइन् । अहिलेसम्म एसएलसीको २० औँ  ब्याचलाई बिदाइ गरेको उनले बताइन् । पुरस्कार वितरण गर्दै ओलीले परिश्रमको फल मिठो हुने बताए । यसै क्रममा प्रमुख अतिथि रहेका ओलीले दिशावोधको अंक १३ को लोकार्पण पनि  गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप