शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पद्मश्री साहित्य पुरस्कारका उत्कृष्ट १५ पुस्तकको सूची घोषणा

बुधबार, १५ असार २०७९, ०७ : २३
बुधबार, १५ असार २०७९

पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकमध्येबाट उत्कृष्ट १५ सूची घोषणा गरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा १५ पुस्तक छनोट गरेको हो । दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले जानकारी दिए ।

उत्कृष्ट पुस्तक यस्ता छन् 

अग्नि- डा नवराज लम्साल

अर्को भोर-  केशवराज ज्ञवाली

एक सम्बोधन समयमाथि - दीनानाथ शर्मा

काफ्काको काम सकियो- राजव

गुरु - कविता राई

छाइल - लोकराज भट्ट

ताल्चा - दिलीप बान्तवा

निनाद- बल्लरी अलका आत्रये

पैतालामा हिउँ, आँखामा हिमाल -  राजेन्द्रमान डंगोल

भिक्षूसँग प्रेम - उषा हमाल

भोजपुरको बाङ्मय - डा विप्लव ढकाल

महाभारा - बसन्त बस्नेत

मिथ्या - दीपक पराजुली

यादहरूको संग्राहलय -  केवल विनाबी

सत्यमोहन - गिरीश गिरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप