त्रिविले कर्मचारी पाएन, यी पदमा एक जना पनि पास भएनन् (नतिजासहित)
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेवा आयोगको कर्मचारी पदपूर्तिका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । प्रकाशित नतिजा अनुसार अधिकांश पदमा कुनै पनि परीक्षार्थी उत्तिर्ण नभएको उल्लेख छ । लिखित परीक्षा पास भएकाहरुको लागि अन्तर्वार्ताको लागि अर्को सूचना प्रकाशित गरिने सेवा आयोगको कार्यालयले जनाएको छ ।
सेवा आयोगले उप प्रशासक खुलामा २ , महिला १, आदिवासी जनजाति १ जनाका लागि परीक्षा लिएको थियो । १२ जनाले परीक्षा दिएपनि एक जना पनि उत्तीर्ण नभएको सेवा आयोगले जनाएको छ ।
यस्तै शाखा अधिकृत खुला २२, महिला ६ आदिवासी जनजाति ५, मधेसी ४, दलित १, अपांग १ र पिछडिएको क्षेत्र १ गरी ४० पदमा ५४२ जनाको परीक्षा लगिएको थियो । यसमा पनि परीक्षा दिएपनि एक जना पनि उत्तीर्ण नभएको सेवा आयोगले जनाएको छ ।
सेवा आयोगले मुख्य कार्यालय सहायक खुला २४ महिला ६ आदिवासी जनजाति ५, मधेसी ४, दलित १, अपांग १ र पिछडिएको क्षेत्र १ गरी ४२ जना मागेको थियो । जसमा ७७७ जनाले परीक्षा दिएकोमा एक जना पनि पास नभएको देखिएको छ ।
आयोगले कार्यालय सहायक खुला २८ महिला ८ आदिवासी जनजाति ६, मधेसी ५, दलित २, अपांग १ र पिछडिएको क्षेत्र १ जनाका लागि परीक्षा लगेको थियो । जसमा ६७२ जनाले परीक्षा दिएका थिए । यसमा भने खुलामा ४८, महिलामा २२, आदिवासी जनजाति ६, मधेसी ५ र पिछडिएको क्षेत्र ७ जना अन्तवार्ताका लागि छनोट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा