बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पेट्रोल पम्पको काउन्टर फोडेर ५ लाख चोरी

बुधबार, १५ असार २०७९, १३ : १८
बुधबार, १५ असार २०७९

उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित उर्जा पेट्रोल पम्पको काउण्टरबाट नगद चोरी भएको छ । काउन्टर फोडेर नगद चारेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनिस सिलवाल छन् ।

आरोपीहरुलाई मंगलबार दिउँसो पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए । आरोपीहरुले काउन्टरको ताला फुटाएर ५ लाख ६१ हजार नगद चोरेको पम्प संचालकको अरोप छ । आरोपीहरुको साथबाट प्रहरीले ५० हजार ७ सय रुपैयाँ नगद बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप