बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी अभिनेत्री मेरी माराको निधन

बुधबार, १५ असार २०७९, १३ : ४४
बुधबार, १५ असार २०७९

पपुलर अमेरिकी अभिनेत्री मेरी माराको निधन भएको छ । ६१ वर्षीय अभिनेत्रीको नदीमा डुबेर निधन भएको हो । उनको निधनको विषयमा पुलिस अधिकारीले अहिले अनुसन्धान गरिरहेको छ । पुलिस अधिकारीका अनुसार उनको शव आइतबार केप विन्सेन्टको स्टिफन लोरेन्स नदीमा भेटिएको थियो । उनी पौडी खेल्न जाँदा नदीमा डुबेर मृत्यु भएको पुलिस अधिकारीको अनुमान रहेको छ ।

थियटरबाट फिल्म अभिनय सुरु गरेकी अभिनेत्रीले १९९२ मा ‘लव पोशन नम्बर ९’ बाट फिल्म डेब्यु गरेकी थिइन् । त्यसपछि थुप्रै फिल्म अभिनय गरेकी उनले टीभीमा पनि पहिचान बनाएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप