शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कागतीको स्वादमा नयाँ स्प्राइट

बुधबार, १५ असार २०७९, १५ : ०८
बुधबार, १५ असार २०७९

लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ । नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोका–कोला नेपालले टेलिभिजन विज्ञापन लन्च समेत गरेको छ जसमा स्प्राइटको ब्रान्ड एम्बेसडर अनमोल केसीलाई छायांकन गरिएको छ । 

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका–कोलामा हामी उपभोक्ताहरूको माग र रोजाई अनुसारको स्वाद प्रदान गर्न सँधै प्रयासरत छौँ । स्प्राइटले पहिलेदेखि नै उपभोक्ताहरुको तन र मन दुवैलाई स्फूर्ति प्रदान गर्दै आएको छ ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेज्यूले कागतीको रिफ्रेसिङ्ग स्वाद भएको नयाँ स्प्राइट लन्च गर्न पाउँदा हामी निकै उत्साहित भएको बताए । नयाँ स्प्राइट उपभोक्ताहरूको माग अनुसार विभिन्न साइज र बोतलहरूमा उपलब्ध रहेको बताइएको छ । ग्लास बोतलमा स्प्राइट  १७५ मिलि तथा २५० मिलि र पेट बोतलहरूमा २५० मिलि, ५०० मिलि, १ लिटर, १.५ लिटर, २.२५ लिटरको प्याक साईजमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप