बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनएमबि बैंक टानबीच डिजिटल भुक्तानी समझदारी

बुधबार, १५ असार २०७९, १५ : २४
बुधबार, १५ असार २०७९

एनएमबि बैंक र ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान) बीच डिजिटल सेवाहरुलाई प्राथमिकता दिनको लागी समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानका तर्फबाट अध्यक्ष खुब बहादुर सुबेदीले हस्ताक्षर गरे । 

उक्त समझदारी पत्र मार्फत टानका सदस्यहरुले एनएमबि बैकको डिजिटल सेवाहरु सजिलै उपभोग गर्न सक्नेछन् । यी सेवाहरुले गर्दा टानका सदस्यहरुलाई व्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप