बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई पे एपबाट एनएलआईसीको बीमा किस्ता भुक्तानी गर्दा क्यासब्याक

बुधबार, १५ असार २०७९, १५ : २९
बुधबार, १५ असार २०७९

‘आइएमई पे’ले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका निम्ति एक अफर ल्याएको छ । ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ’ अफर अन्तर्गत असार १० गतेदेखि सो एपबाट एनएलआईसीको बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५% (अधिकतम रु. २,५०० सम्म) क्यासब्याकको साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
हालसम्म नेपालको २३ वटा बीमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको आइएमई पेले यस अफरमार्फत अझ बढी ग्राहकवर्गलाई डिजिटल माध्यमद्वारा कुनै पनि भुक्तानी गर्न प्रेरित गराउने बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप