शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा नेपाली फेसन शो हुने

बुधबार, १५ असार २०७९, १५ : ५३
बुधबार, १५ असार २०७९

अष्ट्रेलियाको विभिन्न सहरमा नेपाली फेसन शो ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया–२०२२’ आयोजना हुने भएको छ । एएसएपी इन्टरटेन्मेन्ट सिड्नी, अष्ट्रेलियाले उक्त फेसन शो आयोजना गर्न लागेको हो ।

राजधानीमा एक कार्यक्रमका बीच आयोजक एएसएपी इन्टरटेन्मेन्ट सिड्नीले ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया–२०२२’ को बिभिन्न पक्षबारे जानकारी दिएको छ । नेपालका मोडलहरुको सहभागिता रहने र अष्ट्रेलियाका विभिन्न सहरहरुमा आयोजना हुने फेसन शोमा नेपाली पहिनरहरु प्रदर्शन हुनेछन् । 

सेप्टेम्बर ५ का दिन अष्ट्रेलियाको सिड्नी तथा अक्टोबर २ का दिन होबार्ट, तास्मेनियामा आयोजना शो डायाष्पोरामा नेपाली भेषभूषा तथा संस्कृतिलाई फेसनको माध्यमबाट उजागर गर्ने उदेश्यले आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष सन्तोष अधिकारीले बताए ।

फेसन शोको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडलका दीपक घिमिरेले गर्नेछन् । फेसन शोमा मोडलहरु मुना गौचन तथा रीता कट्टेलको पनि सहभागिता रहने बताइएको छ । कोरियोग्राफर घिमिरे शोस्टरको रुपमा समेत रहने शोमा फेसन डिजाइनर रबिन परियारले तयार पारेका पहिरन प्रदर्शन हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप