शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी कर्णाली प्रदेश संसदीय दलको बैठक : यस्ता छन् निर्णय

बुधबार, १५ असार २०७९, १५ : ५६
बुधबार, १५ असार २०७९

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलले बुधबार जरुरी महत्वका विषयमा छलफल गरेको छ । अवरुद्ध संसद र आगामी आर्थिक वर्ष २०७९–०८० को लागि ल्याएको बजेटको विषयमा रहेर छलफल गरिएको हो । 
माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कृष्णा शाहले प्रतिपक्ष दल एमालेले भने अनुसार बजेट असन्तुलित नभएको बताइन् । यही विषयमा छलफल भएको थियो,’ उनले भनिन्,‘ प्रतिपक्ष दलले आइतबारदेखि संसद अवरुद्ध गरेको छ ।

संसदको अवरोध हटाउनका लागि गठबन्धनको सहयात्री दल भएकाले पहल कदमी थाल्ने निर्णय भएको छ । त्यसका लागि पूर्व मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले पहल गर्नुहुनेछ,।’ एमालेले भने बजेट पुनः सच्याउन माग गरिरहेको छ भने पास हुन नदिने रणनीति लिएको छ । 

सचेतक शाहका अनुसार वर्तमान समयमा सरकारले गरिरहेका कामकारबाहीबारे पनि वृहत छलफल भएको थियो । यस्तै संसदीय समितिका गतिविधिका बारेमा पनि छलफल गरिएको छ । माओवादीबाट संसदीय समितिहरुमा रहेका सांसदहरुले समितिलाई प्रभावकारी बनाउनका लागि भूमिका खेल्ने र आवश्यक विधेयकहरुहलाई अघि बढाउन पहल थाल्न पनि निर्देशन दिइएको उनको भनाइ छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप