बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मोहन्याल गाउँपालिकाको सम्पर्क कार्यालय घोडाघोडी नगरपालिकामा

बुधबार, १५ असार २०७९, १६ : ४८
बुधबार, १५ असार २०७९

कैलालीको दुर्गम मानिएको मोहन्याल गाउँपालिकाले घोडाघोडी नगरपालिकामा अस्थायी रुपमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।  वर्षा शुरु भएसँगै गाउँपालिकाको कार्यालय जाने बाटो अवरुद्ध भएको र इन्टरनेट सेवा पनि नभएपछि नगरपालिकामा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

आर्थिक वर्ष सकिनै लाग्दा गाउँपालिकाको काम प्रभावित हुन नदिन नगरपालिकामा अस्थायी रुपमा कार्यालय राखिएको गाउँपालिकाका उपाध्यक्ष खडक साउदले बताए । ‘गाउँपालिकाको सम्पर्क कार्यालय स्थापना गरिएको होइन । केही दिनलाई अस्थायी रुपमा नगरपालिकामा सारिएको छ’ उनले भने –‘वर्षात भएपछि गाउँपालिकाको कार्यालयमा इन्टरनेट सेवा पनि प्रभावित भएको छ र सडकहरू पनि अवरुद्ध भएका छन् ।’ उनले आर्थिक वर्षको मसान्तसम्म भएका विकास तथा अन्य कार्यक्रमहरुको भुक्तानी दिन अस्थायी रुपमा कार्यालय स्थापना गरिएको बताए ।

गाउँपालिकाको स्थायी कार्यालय रहेको सिम्डी जाने बाटो वर्षातका कारण अवरुद्ध भएको छ । गाउँपालिका उपाध्यक्ष साउदले भने –‘सबै काम गर्ने भनेर नगरपालिकामा कार्यालय राखिएको होइन । आर्थिक मसान्त सकिएलगत्तै नगरपालिकामा राखिएको कार्यालय बन्द हुनेछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप