
‘पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन’

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध नहुने बताएका छन् । मंगलबार साँझ जर्मनीमा एक सम्बोधनका क्रममा प्रधानमन्त्री जोनसनले सो कुरा बताएका हुन् । ‘यदि पुटिन एउटी महिला भएको भए युक्रेन युद्ध हुने थिएन, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए ।’
युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि उनले बताए । ‘मस्कोसँग शान्ति वार्ता सम्भव भएमा युक्रेनलाई सबैभन्दा राम्रो रणनीतिक स्थितिमा राख्नका लागि पश्चिमी सहयोगीहरुले समर्थन गर्नुपर्छ’ उनले थपे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ