बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गायक विपुल क्षेत्री ग्रामीको सदस्यमा मनोनित

बुधबार, १५ असार २०७९, २० : ३९
बुधबार, १५ असार २०७९

 गायक विपुल क्षेत्री विश्व प्रतिष्ठित संगीत अवार्ड ग्रामीको सदस्यमा मनोनित भएका छन् । रेकर्डिङ एकेडमीले क्षेत्रीलाई भोटिङ अधिकारसहित सदस्यतामा मनोनित गरेको हो । जसको जानकारी गायक क्षेत्रीले सामाजिक संजाल मार्फत दिएका छन् ।

एकेडमीले क्षेत्रीलाई यसै साता सदस्य बन्न निम्तो समेत दिएको छ । जसलाई स्वीकारेको उनले बताएका छन् । ‘हामी सबै ग्रामी हेरेर हुर्किएका छौ । यसको एक हिस्सा हुन पाउँदा खुसी छु’ क्षेत्रीले अगाडि भनेका छन् ‘हाम्रो संगीत समुदायको सेवा गर्ने, उत्सव मनाउने र वकालत गर्ने अनगिन्ती सृजनाकर्ता र पेशेवरसँग सामेल हुने निमन्त्रणा स्वीकार गर्दछु ।’

भारतको कालिम्पोङमा जन्मिएका क्षेत्रीले २०१४ बाट गायन करिअर थालेका थिए । उनका गहिरो गहिरो, आशिष, टिस्टा लगायतका गीत हिट मानिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप