शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चट्याङ लागेर बागलुङमा एक महिलाको मृत्यु

बुधबार, १५ असार २०७९, २० : ४८
बुधबार, १५ असार २०७९

चट्याङ लागेर बागलुङको काठेखोला गाउँपालिका-४ मा एक महिलाको मृत्यु भएको छ । तंग्रामको फापरखेत घर भएकी २८ वर्षीया शुष्मा पुनको मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा खाना बनाइरहेको अवस्थामा चट्याङ लागेको र गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप