शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा हैजा हुनेको सङ्ख्या १४ पुग्यो

बुधबार, १५ असार २०७९, २१ : २१
बुधबार, १५ असार २०७९

काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा पुष्टि भएको छ । योसँगै हैजा हुनेको सङ्ख्या १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा। संगीता मिश्राले आरडीटी र दिसा कल्चर विधिबाट परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको बताइन् । हैजा पुष्टि हुनेमा चार महिला १० जना पुरुष छन् भने ४ जना  महिला रहेका छन् ।  हैजा फैलनुको मुख्य कारण दूषित पानी भएको मन्त्रालयले जनाएको छ । पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो। 

ललितपुरबाट लिएको १८ वटा पानीको नमुनामध्ये १२ वटा नमूनामा इकोलिन फेला परेको थियो भने इडिसिडी र केयुकेयलले संयुक्तरुपमा लिएको ४९ वटा पानीको नमूना परीक्षण गरिएकोमा ३५ वटा नमूनामा इकोलिन फेला परेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप