बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टनकपुरको पानीले पहिलो रोपाइँ

बिहीबार, १६ असार २०७९, ०६ : २१
बिहीबार, १६ असार २०७९

महाकाली सन्धिमा उल्लेख भएअनुसार नेपालले सिँचाइका लागि पाउने भनिएको पानी २६ वर्षपछि पाएको छ ।  बुधबार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले सो नहरको पानीले रोपाइँ गरेर नहर उद्घाटन गरे । 

नेपालले महाकाली सिँचाइ तेस्रो चरण आयोजनाअन्तर्गत नहर निर्माण कार्य आर्थिक वर्ष २०६३/६४ बाट सुरु गरे पनि पानी ल्याउन महाकाली नदीसम्म पुग्ने एक हजार दुई सय मिटर नहर भारतीय क्षेत्रमा पर्ने भएकाले भारतीय पक्षले बेवास्ता गर्दा आयोजना सुस्त गतिमा अगाडि बढेको थियो ।  

दुई वर्षअघि तत्कालीन ऊर्जा सचिव दिनेशकुमार  घिमिरेको भारत भ्रमणका क्रममा सहमति गरेपछि भारतले आफ्नो क्षेत्रमा पर्ने सम्झौताअनुसार बनाउनुपर्ने नहर निर्माण गरेको छ । 

नेपालले पनि तीव्र  गतिमा काम अगाडि बढाएको र योजना तोकिएकै समयमा पूरा हुने सिनियर डिभिजन इन्जिनियर शम्भुराज पण्डितले बताए । उनले भने, “१५१ किलोमिटर निर्माण हुने नहरको हामीले अहिलेसम्म १६ प्रतिशत काम पूरा गरिसकेका छौँ ।” यो समाचार गोरखापत्र दैनिकमा छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप