बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फिलिपिन्समा मार्कोस जुनियरले नयाँ राष्ट्रपतिको रूपमा शपथ लिँदै

बिहीबार, १६ असार २०७९, ०८ : ३९
बिहीबार, १६ असार २०७९

फिलिपिन्सका निवर्तमान नेता रोड्रिगो दुतेर्तेको स्थानमा बिहीबार फर्डिनान्ड मार्कोस जुनियरले नयाँ राष्ट्रपतिको रूपमा शपथ लिँदै छन् । गत महिना भएको निर्वाचनमा बोङ बोङ  उपनामले परिचित मार्कोस जुनियरले प्रतिद्वन्द्वी लेनी रोब्रेडोलाई  फराकिलो मत अन्तरले विजयी भएका थिए । 

उनको जीतसँगै मार्कोस राजनीतिक विरासतको आश्चर्यजनक पुनरागमन भएको छ । सन् १९८६ मा भएका एतिहासिक विद्रोहपछि  फर्डिनान्ड मार्कोस  सत्ताच्युत भएका थिए । 

मार्कोस जुनियरले स्थानीय समय अनुसार दिउँसो ४ बजे राजधानी मनिलास्थित  राष्ट्रिय संग्रहालयमा पद तथा गोपनीयताको शपथ लिनेछन् ।

मनिलाको सर्वोच्च अदालतले कर छलीको अभियोगमा नयाँ राष्ट्रपतिलाई पदभार ग्रहण गर्न अयोग्य नभएको फैसला गरेको केही दिनपछि  शपथ  हुन लागेको हो ।

निर्वाचनमा निवर्तमान राष्ट्रपति रोड्रिगो दुतेर्तेका छोरी उपराष्ट्रपतिमा विजयी भएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप