शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डब्ल्युएचओको चेतावनी – महामारी समाप्त भएको छैन, ११० देशमा पुनः बढ्यो संक्रमण

बिहीबार, १६ असार २०७९, १० : १४
बिहीबार, १६ असार २०७९

नेपालमा कोरोना महामारीको संक्रमणदर पछिल्लो दुई सातामा ह्वात्तै वृद्धि भएको छ । १५ दिनको अवधिमा संक्रमणदर बढ्दै गएर अहिले ५ प्रतिशतसम्म पुगेको छ । बुधबार १ हजार ६२० जनाको पिसिआर परीक्षण गर्दा ६२ जनामा कोरोनाको संक्रमण देखिएको थियो । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारी अहिले नै समाप्त भइनसकेको बताए । डब्ल्यूएचओले भनेको छ, ‘महामारीको खतरा कम छ तर अहिले नै समाप्त भइसकेको भने छैन ।’

डब्ल्यूएचओका अनुसार विश्वका ११० देशमा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

भारतमा पनि कोरोना संक्रमितको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । यहाँ पछिल्लो २४ घण्टामा १८,५७८ जनामा संक्रमण देखिएको थियो । यो फेब्रुअरी १९ पछिको सबैभन्दा धेरै संख्या हो । १९ फेब्रुअरीमा १९,९६८ नयाँ संक्रमित भेटिएका थिए । मंगलबारको तुलनामा बुधबार नयाँ संक्रमितमा २८ प्रतिशतको वृद्धि भएको छ । यहाँ मंगलबार १४,५०६ नयाँ संक्रमित भेटिएका थिए ।डब्ल्युएचओको चेतावनी – महामारी समाप्त भएको छैन, ११० देशमा पुनः बढ्यो संक्रमण

नेपालमा कोरोना महामारीको संक्रमणदर पछिल्लो दुई सातामा ह्वात्तै वृद्धि भएको छ । १५ दिनको अवधिमा संक्रमणदर बढ्दै गएर अहिले ५ प्रतिशतसम्म पुगेको छ । बुधबार १ हजार ६२० जनाको पिसिआर परीक्षण गर्दा ६२ जनामा कोरोनाको संक्रमण देखिएको थियो । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारी अहिले नै समाप्त भइनसकेको बताए । डब्ल्यूएचओले भनेको छ, ‘महामारीको खतरा कम छ तर अहिले नै समाप्त भइसकेको भने छैन ।’

डब्ल्यूएचओका अनुसार विश्वका ११० देशमा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

भारतमा पनि कोरोना संक्रमितको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । यहाँ पछिल्लो २४ घण्टामा १८,५७८ जनामा संक्रमण देखिएको थियो । यो फेब्रुअरी १९ पछिको सबैभन्दा धेरै संख्या हो । १९ फेब्रुअरीमा १९,९६८ नयाँ संक्रमित भेटिएका थिए । मंगलबारको तुलनामा बुधबार नयाँ संक्रमितमा २८ प्रतिशतको वृद्धि भएको छ । यहाँ मंगलबार १४,५०६ नयाँ संक्रमित भेटिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप