शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसैवर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

बिहीबार, १६ असार २०७९, १८ : २४
बिहीबार, १६ असार २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ६४ औं संसद दिवसको अवसरमा बिहीबार पूर्व सांसद मञ्च नेपालले काठमाडौंको बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संसद लोकतान्त्रिक शासन व्यवस्थाको महत्वपूर्ण आधार भएको उल्लेख गरे ।  

उनले पूर्व सांसद मञ्चले दलीय राजनीतिभन्दा माथि उठेर सरकारलाई सहयोग गर्दै आएको बताए ।  प्रधानमन्त्री देउवाले जल्दाबल्दा राष्ट्रिय मुद्दामा अनुभवी सांसदहरूले बेला बेला बहस छलफल गर्नुपर्नेमा जोड दिए । नेपाललाई समृद्ध बनाउन सबै पक्षको भूमिका रहने बताउँदै संघीय संसद,संसदीय समितिले दिएका सुझावलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता समेत उनले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप