बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यौन शोषणको आरोपमा गायक आर केल्लीलाई ३० वर्ष जेल सजाय

बिहीबार, १६ असार २०७९, १२ : २६
बिहीबार, १६ असार २०७९

आफू सेलिब्रेटी भएको फाइदा उठाउँदै बालबालिका र महिलामाथि यौन शोषण गरेको आरोपमा दोषी करार गर्दै अमेरिकी गायक आर.केल्लीलाई ३० वर्षको जेल सजाय सुनाइएको छ । उनको वास्तविक नाम रोबर्ट सिल्भेस्टर केल्ली हो । उनीमाथि लामो समयदेखि यौनशोषणको आरोप लाग्दै आइरहेको थियो । ५५ वर्षीय आरएन्डबी कलाकार ठगी र मानवबेचविखनको मामिलामा गत सेप्टेम्बरमा न्युयोर्कमा दोषी पाइएका थिए । उनका वकिलले अदालतको आदेशविरुद्ध पुनरावलोकनमा जाने बताएका छन् ।

अमेरिकी न्यायाधीश एन डोनलीले केल्लीले सेक्सलाई हतियारको रूपमा प्रयोग गरेर पीडितहरूलाई भन्न पनि नसकिने कामहरू गर्न लगाएको र केहीलाई यौनजन्य रोगबाट सङ्क्रमित गराएको बताइन् । ‘आई बिलिभ आई क्यान फ्लाई’ जस्ता चर्चित गीतका लागि चिनिएका केल्लीले महिला र बालबालिकाहरूलाई २ दशकसम्म यौन शोषण गरेका थिए । 

केल्ली सन् २०१९ को जुलाईदेखि हिरासतमा थिए । सन् २०२० मा उनलाई अर्का कैदीले कुटपिट गरेपछि चर्चामा आएका थिए । अब अप्रिलमा उनको सिकागोमा बालबालिकाको आपत्तिजनक तस्बिरबारे मुद्दाको सुनुवाइ हुनेछ । त्यस्तै, इलिनोइस र मिनेसोटामा पनि उनको मुद्दाको सुनुवाइ हुन बाँकी रहेको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप