शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिला साफ आयोजना गर्न नेपालले प्रस्ताव गर्ने

बिहीबार, १६ असार २०७९, १२ : ३२
बिहीबार, १६ असार २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा नेपालले महिला साफ आयोजना गर्न प्रस्ताव गर्ने बताएका छन् ।  साफको साधारणसभा २ जुलाईमा बंगलादेशको ढाकामा हुँदैछ । महासचिव राईले साफ आयोजनाका लागि प्रस्ताव राख्ने र मितिसमेत तोक्ने बताए । 

‘अघिल्लो संस्करण समेत हामीले नै आयोजन गरेका थियौं । यो पटकसमेत साफ नेपालमा आयोजना गर्न प्रस्ताव  गर्ने निर्णय भएको छ । हामी नेपालमै ल्याउन प्रयास गर्नेछौं,’ राईले भने ।  यसअघि साफको पाँचौ संस्करण विराटनगरमा आयोजना भएको थियो । उपाधि भने भारतले जितेको थियो । 

साफको साधारणसभामा सहभागी हुन महासचिव राईसँगै केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ र न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी बिहीबार बंगलादेशको राजधानी ढाका प्रस्थान गर्दैछन् ।  ६ असारमा सम्पन्न एन्फा निर्वाचनमा जोशी निवर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङ समूहबाट उपाध्यक्ष पदमा पराजित भएका थिए । पराजित भएसँगै जोशीलाई साफ उपाध्यक्षमा नाम पठाउने एन्फा निर्णय गरेको थियो । 

यसअघि अघिल्लो कार्यसमितिले तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम उपाध्यक्षमा पठाएको थियो ।  राईले यस विषयमा समेत बैठकबाट नै निर्णय हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप