शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अनुमतिबिना हज गर्न जानेलाई साढे ३ लाख रुपैयाँसम्म जरिवाना

बिहीबार, १६ असार २०७९, १२ : ३३
बिहीबार, १६ असार २०७९

अनुमतिबिना हज गर्नेलाई साउदी अरेबियाले २ हजार ६६६ डलरभन्दा बढी अर्थात् झण्डै साढे ३ लाख रुपैयाँसम्म जरिवाना लगाउने भएको छ । साउदी अरब सरकारले यस सम्बन्धमा आधिकारिक विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्ति अनुसार साउदी अरेबियाको सार्वजनिक सुरक्षा विभागका प्रवक्ता मोहम्मद अल-शुवेरखले अनुमतिबिना हज गर्न खोजेको पाइएमा १० हजार रियाल जरिवाना गरिने बताइएको छ। हज गर्न चाहनेले सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने हुन्छ । मोहम्मद अल-शुवेरखले सबै नागरिकहरूलाई हज सम्बन्धी जारी गरिएका निर्देशनहरूलाई कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।  

मक्का र सबै धार्मिकस्थलमा कुनै पनि प्रकारको उल्लङ्घन हुन नदिन ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरिने उनले बताए । साउदी अरेबियाले यस वर्ष विश्वभरबाट १० लाखभन्दा बढी मानिसलाई हज गर्न अनुमति दिएको बताएको थियो। पछिल्लो दुई वर्षदेखि कोरोना संक्रमणका कारण साउदी अरबका नागरिक मात्र हज यात्रामा जान पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप