बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा एकै दिन ९ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

बिहीबार, १६ असार २०७९, १२ : ५७
बिहीबार, १६ असार २०७९

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ९ हजार ५९५ नयाँ कोभिड १९ का सङ्क्रमित फेला पारेका छन् ।  यो सँगै सङ्क्रमितको कुल सङ्ख्या १ करोेड ८३ लाख ५९ हजार ३४१ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिन १० हजार ४६३ बाट घटेको बताइएको छ  । तर कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार यो एक हप्ता अघिको ७ हजार  ४९३ भन्दा बढी थियो । 

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा पाँचले कम भएर ५४ पुगेको छ ।

थप १० जनाको मृत्यु भएको पुष्टि भएको छ जसबाट मृत्यु हुनेको सङ्ख्या २४ हजार ५४७ पुगेको छ। कुल मृत्यु दर ०.१३ प्रतिशत देखिएको  छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप