बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सेवामा छुट सम्बन्धी सम्झौता

बिहीबार, १६ असार २०७९, १६ : ३६
बिहीबार, १६ असार २०७९

आइएमई जनरल इन्स्योरेन्सले काठमाडौँ प्याथ ल्याब र डाइग्नोस्टिक सेन्टरसँग छुटमा सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब र डाइग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरे । 
सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स कर्मचारी, सेयरधनी तथा ग्राहकलाई काठमाडौँ प्याथ ल्याब र डाइग्नोस्टिक सेन्टर महाराजगन्ज, काठमाडौँमा प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने जनाइएको छ । 

साथै सोही रेग्मीले काठमाडौँ प्याथ ल्याब र डाइग्नोस्टिक सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप