मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पार्टीको समन्वयमा काम गर्न जनप्रतिनिधिलाई काँग्रेसका प्रदेश सभापतिको निर्देशन

बिहीबार, १६ असार २०७९, १६ : ५७
बिहीबार, १६ असार २०७९

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीको नियमित सम्पर्क र समन्वयमा रही काम गर्न आफ्नो पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् ।

नेपाली काँग्रेस कपिलवस्तुद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरूको सम्मानका लागि बिहीबार बुद्धभूमि नगरपालिकामा आयोजित कार्यक्रममा सभापति पुनले पार्टीको समन्वयमा जनतामाझ गरेको प्रतिबद्धता अनुरूप काम गर्नुपर्ने बताए ।

उनले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले जनतालाई परिवर्तन, विकास र सहयोगको अनुभूति हुने गरी सेवा सञ्चालन गर्नु पर्नेमा जोड दिए । पार्टीविरुद्ध गलत क्रियाकलाप गर्ने प्रवृत्ति बढेको औँल्याउँदै उनले यसलाई निरुत्साहित गर्नु सबै कार्यकर्ताको दायित्व भएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, प्रदेश सहमहामन्त्री नीमा गिरी, लुम्बिनी प्रदेश सरकारकी ग्रामीण, पर्यटन तथा सहरी विकास राज्यमन्त्री रिना नेपाल लगायतले सम्बोधन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप