बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस बिपी पार्टी बलियो बनाउन मतदाताको घरमा पुग्ने

बिहीबार, १६ असार २०७९, १६ : ५८
बिहीबार, १६ असार २०७९

नेपाली काँग्रेस बिपीले वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारबाट भएको कमीकमजोरीलाई सुधार गरी नयाँ रणनीति तय गर्ने भएको छ । बिहीबर बसेको काँग्रेस बिपीको बैठकले पार्टीलाई बलियो बनाउन मतदाताको घरमा पुग्ने निर्णय गरेको हो ।

यस्तै बैठकले साउन १ गतेदेखि ७ प्रदेशमा गरिने कार्यक्रममा सबै केन्द्रीय सदस्य, भातृ संघ संस्थाका प्रतिनिधिहरुले सहभागी भई आफ्नो तोकिएको प्रदेशको जिम्मेवारी पुरा गर्न पनि निर्देशन दिएको छ । यस्तै पार्टीको नीति, सिद्धान्त विपरित गतिविधि गर्नेको राजीनामा स्वीकृत गरेको छ । बैठकमा सुदूरपश्चिम प्रदेश सांसद कर्ण मल्ल पनि उपस्थित भएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप