शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल स्वस्थ्य प्राविधिक संघको ४४ औं स्थापना दिवस मनाइयो

बिहीबार, १६ असार २०७९, १८ : १२
बिहीबार, १६ असार २०७९

नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औँ स्थापना दिवस मनाइएको छ । दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले ग्रामिण क्षेत्रमा स्वास्थ्यकर्मी जान नमान्दा दूरदराजमा सेवा प्रवाह गर्न समस्या भएको बताए । उनले आफूले यस्तो समस्या समाधानका लागि पहल गर्ने पनि प्रतिबद्धता जनाए ।

‘हिमाल, पहाड, तराईमा  किन कुनै पनि ठाँउमा स्वस्थ्य सेवा पुगेको छैन ? किनकि त्यहाँ कर्मचारी जान मान्दैनन्’, उनले भने, ‘ त्यसबारे राम्रोसँग अध्ययन गरेर सबै ठाँउमा कर्मचारी खटाउन प्रयास गर्छु ।’

कार्यक्रममा संघकी वरिष्ठ उपाध्यक्ष  शोभा गौतमलगायतले पनि आफ्नो धारणा राखेका थिए ।  यसैगरी स्थापना दिवसको  अवसरमा विभिन्न व्यक्तिहरुलाई मन्त्री खापुङले सम्मानित गरेका थिए । सम्मानित हुनेहरुमा संघका पूर्व उपाध्यक्ष डा केदार पराजुली, संयोजक हरि लम्साल, अध्यक्ष रामजी घिमिरे, महासचिव बसन्त अधिकारी, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ न्यौपाने लगायत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप