बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सशस्त्रका ३९ जना उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

बिहीबार, १६ असार २०७९, १९ : ५८
बिहीबार, १६ असार २०७९

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले  सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएकालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा बिहीबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

महानिरीक्षक अर्यालले नायव उपरीक्षकबाट उपरीक्षकमा पदोन्नति भएका ३९ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । समारोहमा सम्बोधन गर्दै महानिरीक्षक अर्यालले पदोन्नति भएका उपरीक्षकहरूलाई शुभकामना दिँदै जिम्मेवारी आफ्नो भूमिका निभाउन निर्देशन दिए ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतमलगायत सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतकाहरुको उपस्थिती रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप