ad
x

फिलिपिन्सका राष्ट्रपतिको शपथग्रहणमा विनोद चौधरी सहभागी

person explore access_timeअसार १६, २०७९ chat_bubble_outline0

फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बोङबोङ मार्कोस‍्को सपथग्रहण समारोहमा नेपाली काँग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन्  । बिहीबार राजधानी मनिलामा आयोजित समारोहमा काँग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चौधरी सहभागी भएका हुन् । 


चौधरी नवनिर्वाचित राष्ट्रपतिको विशेष निम्तोमा फिलिपिन्स पुगेका हुन् । उनी मार्कोसको सपथग्रहणमा दक्षिण एसियाबाटै सहभागी हुने सम्भवत एक्लो व्यक्ति हुन् । उनी नेपाली राष्ट्रिय पोशाक दौरा सुरूवाल र टोपी लगाएर सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । सपथग्रहण समारोहमा चौधरी धर्मपत्नीसहित सहभागी थिए ।



नवनियुक्त राष्ट्रपतिलाई बधाई दिँदै नेता चौधरीले नेपाल र फिलिपिन्सको सम्बन्ध बलियो र सुमधुर बन्ने विश्वास व्यक्त गरे । मार्कोस  फिलिपिन्सका १७औं राष्ट्रपति हुन् । मार्कोस काँग्रेस नेता चौधरीका साथी हुन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।