शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'देशको आर्थिक संकट निवारण गर्न राज्यले प्रभावकारी भूमिका खेलेन'

बिहीबार, १६ असार २०७९, २० : ३५
बिहीबार, १६ असार २०७९

नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले राज्यले उद्योगी व्यवसायीहरुलाई संरक्षण नगरेर मूकदर्शक बनेको भन्दै आपत्ति जनाएको छ । 

बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेको उद्योग,वाणिज्य तथा आपूर्ति विभागले मुलुकको आर्थिक संकट, आर्थिक अराजकता र आर्थिक असुरक्षाको अवस्थाका कारण उद्योगी व्यवसायीहरु पीडित हुनु परेको र यस्तो पीडाका बेलामा राज्यले उद्योगी व्यवसायीहरुलाई संरक्षण गर्नुपर्नेमा कुनै ठोस सहयोग नगरेको र राज्यले अभिभावकीय भूमिका नखेलेर मूकदर्शक बनको भन्दै आपत्ति जनाएको छ । देशको वर्तमान आर्थिक संकटप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ । 

 उसले उद्योगी व्यवसायीहरुको पीडामा मलम लगाउने र आफूहरुलाई संरक्षण गर्ने राज्य छ भन्ने अनुभूति दिलाओस् भन्ने आफूहरुको अपेक्षा रहेको जनाएको छ । विभागले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण रुपमा असन्तुष्टि जनाएको छ । बजेटमा उद्योगी व्यवसायीलाई सम्बोधन गर्ने कुनै पनि प्रभावकारी नयाँ कार्यक्रम आउन नसकेको उसको भनाइ छ । सरकारले महँगी नियन्त्रण गर्न नसकेको र उद्योगीलाई राहत हुने र उपभोक्तालाई सहुलियत दिने कुनै पनि काम ल्याउन नसकेको उसको आरोप छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप