मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

न्यू डायमन्ड कप : डायमन्डको पहिलो जित

बिहीबार, १६ असार २०७९, २० : ४०
बिहीबार, १६ असार २०७९

आयोजक न्यू डायमन्ड क्लबले बिहीबार बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ । 

कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न  दिनको पहिलो खेलमा डायमन्डले परोपकार महिला होस्टेलमाथि २५–२२, २५–१०, २५–१४ को सोझो सेटमा जित निकाल्यो । 

प्रतियोगितामा तीन खेल खेलेको डायमन्डले एक जित र दुई हार बेहोरेको छ । अब डायमन्डले तेस्रो स्थानको लागि परोपकारसँग नै प्रतिस्पर्धा गर्नेछ । 

जारी दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा भइरहेको छ ।  दुवै टोलीले फाइनलमा स्थान बनाए पनि यी दुईबीचको विजेता शीर्ष स्थानमा रहँदै फाइनल पुग्नेछ । र, अर्को टोली दोस्रो हुँदै पुग्नेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप