बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेँसीशहर–चामे सडक पुनःसञ्चालन

बिहीबार, १६ असार २०७९, २० : ५०
बिहीबार, १६ असार २०७९

बाढी पहिराले अवरुद्ध बनाएको हिमाली जिल्ला मनाङ र पहाडी जिल्ला लमजुङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडक पुनः सञ्चालन भएको छ । 

अविरल वर्षासँगै आएको बाढीपहिरोले बुधबार बिहानैबाट अवरुद्ध बनेको यस खण्डको पहिरो हटाएसँगै आज साँझ ७ बजेदेखि पुनः सञ्लालन भएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए । 

यस सडकखण्डको विभिन्न भागमा गएकोमध्ये हटाउन बाँकी मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौर जगतको पहिरो हटाउन सफल भएसँगै सवारी साधन सञ्चालनमा आएको उनको भनाइ छ । सडक माथिबाट ठूला ठूला ढुङ्गामाटासहितको पहिरो खस्दा दुई ठाउँमा अवरुद्ध हुनुका साथै सडक भत्किएको थियो । मर्स्याङ्दी गाउँपालिका–३ खुदी नजिकै ठूला ढुङ्गा माटासहितको पहिराले सडक अवरुद्ध बनाएको थियो । सो स्थानमा करिब ३५ मिटर सडक अवरुद्ध बनाए पनि सहज रुपमा पहिरो हटाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप