मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भलिबलको उपाधिलाई पुलिस र एपीएफ भिड्ने

बिहीबार, १६ असार २०७९, २१ : ०१
बिहीबार, १६ असार २०७९

न्यू डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबले बागमती प्रदेश भिड्ने भएका छन् । कीर्तिपुरको बहुउद्देश्यीय कभर्डहलमा बिहीबार भएको प्रतिस्पर्धामा अपराजित रहँदै पुलिसले फाइनलमा स्थान बनाएको हो । 

उता अघिल्ला दुई खेलमा जित निकालेको एपीएफ भने बिहीबार पुलिससँग पराजित भयो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले एपीएफलाई ३–१ को सेटमा हराएको हो । पहिलो सेटमा २५–१८ को जित निकालेको पुलिसले दोस्रो सेट एपीएफलाई सुम्पिएको थियो । दोस्रो सेटमा २५–१४ को स्कोर निकाल्दै फर्किने सङ्केत देखाएको एपीएफले बाँकी सेटमा सम्हालिएको प्रदर्शन गर्न सकेन । नियमित स्पाईकर र केही अनुभवी खेलाडी बिना मैदान उत्रिएको एपीएफले तेस्रो सेट २५–१७ र चौथो सेट २५–२० गुमाउन पुगेको थियो । यससँगै लिगका सबै खेल सकिएका छन् । राउण्ड रोबिन लिगको आधारमा सञ्चालन भएको खेलमा अपराजित रहँदै पुलिस शीर्ष स्थानमा अटायो भने एपीएफ दोस्रो स्थानमा रह्यो । यी दुई टोलीबीच नै उपाधि भिडन्त हुने भएको हो । न्यु डायमण्ड एकेडेमीले तेस्रो स्थानको लागि परोपकारसँग नै प्रतिस्पर्धा गर्नेछ । खेल शनिवार हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ । यस्तै, चौथो हुने टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, व्यक्तिगत विधा तर्फको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधिगत तर्फको उत्कृष्टले १० हजार रुपैयाँ पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप