पार्टीको निर्देशन विपरीत काम नगर्न मन्त्रीहरूलाई अध्यक्ष नेपालको निर्देशन

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान र कानुनविपरीत कुनै पनि काम नगर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नवनियुक्त मन्त्रीलाई सरकार सञ्चालनबारे प्रशिक्षणमूलक निर्देशन दिँदै अध्यक्ष नेपालले पार्टीको नीति, निर्देशन विपरीत नजान मन्त्रीहरूको ध्यानाकर्षण गराए । उनले देश र जनताको हितलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्न सुझाव दिए । मन्त्रीलाई विकृति विसंगतिमा नफस्न र सेवा प्रवाह चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिँदै उनले जनतामा सकारात्मक छाप पर्ने गरी र पार्टीको शिर उच्च हुने गरी काम गर्नुपर्ने बताए ।
पार्टीका तर्फबाट जीवनराम श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीले सहरी विकास, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसङ्ख्या, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले गण्डकी अधिवेशन : उम्मेदवारी मनोनयन सुरु
-
टिस्टा नदीमा बाढी, भारतीय सेनाका २३ जवान बेपत्ता
-
खेलाडीहरू पहिलो पटक रङ्गिन जर्सीमा सजिएको पाँचौँ विश्वकप
-
अमेरिका : केभिन म्याकार्थीलाई सभामुख पदबाट हटाइयो
-
इटालीमा फ्लाइओभरबाट बस खसेर आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु
-
मधेस प्रदेश : अर्थ मन्त्रालयको असहयोगका कारण अवैध रकमान्तर छानबिनमा ढिलाइ