शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय बाली संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्न कृषि मेला

शुक्रबार, १७ असार २०७९, ०७ : २८
शुक्रबार, १७ असार २०७९

जुम्लामा जिल्ला स्तरीय स्थानीय खाद्य तथा कृषि मेला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । अर्गानिक खेतीमा वृद्धि कर्णाली सम्बृद्धि भन्ने नाराका साथ जुम्लामा एक दिने प्रदर्शनी भएको थियो ।

स्थानीय बालीको प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरेको हो । रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवद्र्धन गर्न कृषि विकास कार्यालय जुम्लाको आयोजनामा  स्थानीय खाद्य तथा कृषि मेला प्रदर्शनी भएको हो । मेला मार्फत स्थानिय बालीको प्रयोग गर्ने व्यवहार सुधार गरी बाह्य आयात निरुत्साहित गर्ने लक्ष्य रहेको जिल्ला कृषि विकास कार्यालयका निमित्त वरिष्ठ कृषि विकास अधिकृत गणेश अधिकारीले बताए । 

स्थानीय खाद्य मेलाले स्थानीय बालीको संरक्षणमा ठूलो टेवा पुग्ने उनको भनाइ छ । पछिल्लो समय रैथाने बालीहरु लोप हुन लागेकोले यसको उत्पादन बृद्धि र किसानलाई महत्व बुझाउन मेलाले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । 

कृषि व्यवसायको सम्मान र प्रोत्साहन गर्नु अहिलेको आवश्यकता रहेको जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यले बताए । चन्दननाथ नगरपालिका जुम्लाका मेयर राजुसिहं कठायतले अर्गानिक बालीको उत्पादनमा जोड दिनुपर्ने बताए । 

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जुम्लामा तरकारी संकलन केन्द्र स्थापना गर्नुपर्ने बताइन् । उनीहरुले व्यक्तिगत रुपमा उत्पादन गरेका विभिन्न उपज प्रदर्शनीमा राखिएको थियो । कार्यक्रममा तरकारीबाली, खाद्यान्नबाली, फलफुलबाली लगायतका आठ  विधामा प्रथम, दोस्रो  तेस्रो र सान्त्वना हुने किसानलाई क्रमश पुरस्कार प्रदान गरिएको छ । 

बालिको शुद्धता, बालिको रोग किरा, बालीको परिपक्वता र कलरका आधारमा मुल्यांकन गरिएको थियो । स्याउ,ओखर,मुला, काँख्रा , चिनो, कागुनो , भटमास , फर्सि , ममाटर गाँजर , मास , मसुरो , जौँ , गेरास , भाँगो, तोरी ,मार्से ,लगायतका अन्य कृषी उत्पादन राखिएका थिए । प्रदर्शनीमा ३९ जना कृषकहरु दर्ता भएका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप